नियम २३
समूहिकृत हुने
(१) यो नियमावली प्रारम्भ हुँदाका बखत जङ्गी असवाव खाना, पालघर शाखा तथा नेपाली सेनाका अन्य निकायमा कार्यरत बन्दोबस्ती कार्य गर्ने सिपाही र हुद्दा बन्दोबस्ती कार्य समूहको समान पदमा स्वतः समूहिकृत हुनेछन् ।
(२) यो नियमावली प्रारम्भ हुनु अघि सैनिक साधारण सेवाबाट सरुवा वा बढुवा भई विकास निर्माण समूह अन्र्तगतको काम गर्न नेपाली सेनाको विकास निर्माण महाशाखा र सो अन्र्तगत कार्यरत सैनिक व्यक्ति यो नियमावली लागू भएपछि स्वतः सैनिक साधारण सेवाको समान पदमा समूहिकृत हुनेछन् ।